सरसफाइ कार्यक्रम सम्बन्धमा अत्यन्त जरुरी सुचना – Trekking Guide Association of Nepal

सरसफाइ कार्यक्रम सम्बन्धमा अत्यन्त जरुरी सुचना

आज मिति २०७६/०८/३० गते को दिन टिगान को कार्यलयमा बसेको बैठक को निर्णय अनुसार यहि पुस महिनाको 12/13/14 गते तिन दिन सम्म गरिने सरसफाइ जुन नेपाल भ्रमण वर्ष २०२० (Visit Nepal Year 2020) को संयाेजक समुह र टिगान को सहकार्य मा गरिने भनि निर्णय भएको हुदा टिगान सङ्ग आबध्द भए नभए का, ट्रेकिङ्ग पेशामा सम्लग्न रहेका सम्पुर्ण गाइड साथि हरुलाइ तोकिएको समयमा उपस्थित भै सहभागि हुनको लागि बिनम्र अनुरोध गर्दछौ। 12/13 गते स्व्यम्भु 14 गते पशुपति र बौध्द समय:- ११ देखि ३ बजे सम्म ।

टिसर्ट, सरसफाइ को सम्पुर्ण सामग्री , पिउने पानी र चिया नास्ता को ब्यबस्था VNY 2020 ra TGAN ले गर्ने। केन्द्रीय कार्य समितिका १५ सदस्यले एक जना ले १० देखी १५ गाइड उपस्थित गराउनु पर्ने। हामीले जनवरि को १ मा गर्ने भन्ने अन्दोलन को बिषयमा पर्यटन सचिब ज्यु सङग कुरा गर्दा पहिला हामी सबै मिलेर यो VNY 2020 लाई सफल पारौ अनि त्यसपछि सम्पूर्ण समस्याहरुकाे बारेमा छलफल गरी समाधानकाे लागि अगाडि बढ्ने भन्ने सहमति भएकाले तत्काल को लागि सहकार्यमा नै नेपाल भ्रमण वर्ष २०२० लाइ सफल पार्ने निर्णय भएको जानकारी गराउन चाहन्छौं र लगत्तै हाम्रो माग पुरा गर्नमा ध्यान नदिए सडक आन्दोलनमा उत्रीन तयारिमा रहन पनि अनुरोध गर्दछौं।

Trekking Guide Association of Nepal (TGAN )